नेपालमा पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु
१ हजार ५ सय ७३ जना नयाँ संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन ।
र यही अबधीमा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन ।
यसगरी, पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार अहिलेसम्म नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन । यो संख्या कूल संक्रमितको ७३ दशमलव ४ प्रतिशत भएको प्रवक्ता गौतमले बताउनुभयो ।
उहाँले पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परिक्षण गरिएको जानकारी पनि दिनुभयो । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी देशभर ८ हजार ३ सय २१ जना संस्थागत आइसोलेशनमा र होम आइसोलेशनमा १० हजार ६ सय ८१ जना रहेका छन । देशभर क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना छन ।
आइसीयूमा उपचाररत संक्रमितको संख्या २ सय २४ रहेको छ ।
नेपालमा देशभर जम्मा ३३ जना भेन्टिलेटरमा उपचाररत रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
हाल ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा सिरहा, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर रुपन्देही छन ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना कोरोना संक्रमित थपिएका छन ।।






प्रतिक्रिया राख्नुहोस्