विरोधीको आलोचना गर्न छुट,साथीभाइको आलोचना गर्न प्रतिबन्ध ! : ओली

आलोचना नगर्ने व्रत बस्नुहोस्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो दललाई हार्न छुट नभएको बताउनु भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेलाई हर्ने छुट पनि नभएको र जित निश्चित भएको बताउनु भएको हो ।

एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा पार्टी विभाजन पीडा निर्वाचनमा भोगेको पनि बताउनु भयो ।

‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको थियो । पार्टी विभाजनको क्षेति हामीले सामना गर्नुपरेको थियो। यस पल्ट हामी त्यो पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं। यस पटक हामी हार्दैनौं। यस पटक हामी जित्छौं। यस पल्ट हामीले हार्नै मिल्दैन।’ ओलीले भन्नु भयो ।

ओलीले उपनिर्वाचन अवधिभर नेता कार्यकर्तालाई पार्टीभित्र टीकाटिप्पणी नगर्न निर्देशन दिनुभयो । कहिल्यै नभएको असन्तुष्टि चुनावको बेलामा हुने भएकाले कसैका विरुद्ध नबोल्न ओलीको निर्देशन थियो ।

‘यो एक महिना, बैशाख २० गतेसम्म विरोधीको आलोचना गर्न छुट, साथीभाइको आलोचना गर्न प्रतिबन्ध ! हाम्रा दिदीबहिनीहरुलाई सजिलो छ, व्रत बस्ने गर्नुभएको छ । तर, पुरुषहरु अनुशासित हुँदैनन् । व्रत बस्ने बानी छैन । एक महिनाको व्रत महिला–पुरुष सबैले बस्ने, एकअर्काको आलोचना र विरोध नगर्ने, टीकाटिप्पणी नगर्ने, आलोचना नगर्ने व्रत’ अध्यक्ष ओलीको  भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.