नेकपा स्थायी कमिटी बैठक फेरि सर्‍यो

आगामी बैठक साउन ६ गते ११ बजे बोलाइयो

काठमाडौं– आइतबार दिउँसो ३ बजे हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक दुई दिन पछि सरेको छ । नेकपा केन्द्रीय कार्यालयले आगामी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी स्थगित भएको जानकारी दिएको छ ।

साउन २ गतेका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

नेकपा सचिवालयको शनिबारको बैठकले सहमतिमै पार्टीका विवाद टुंग्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.