संक्रमणकालीन न्याय निरुपणबारे कानुन मन्त्रीसँग स्वीजरल्याण्डका राजदूतको छलफल

काठमाडौं– संक्रमणकालीन न्याय निरुपणका लागि नेपाल सरकारले गरेको प्रयासप्रति स्वीजरल्याण्ड सरकारले धन्यवाद दिएको छ ।

स्वीजरल्याण्डका राजदुत एलिजावेद भोन क्यापेलरले आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गर्दै न्याय निरुपणमा थप सहयोगको आवश्यक परेको खण्डमा स्वीजरल्याण्ड सरकार तत्पर रहेको बताउनुभयो । भेटमा मन्त्री तुम्बाहाङ्फेले संक्रमणकालीन न्याय निरुपणको लागि सरोकारवाला निकायहरुका पदाधिकारीहरुसँग निरन्तर छलफल गरिएको जानकारी दिँदै सरकारले संक्रमणकालिन न्यायलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

कानून मन्त्रीले यसअघि पटक पटक बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुसँग भेट गरी कामको प्रगति विवरण लिनुभएको थियो ।

भेटमा राजदूत क्यापेलरले नेपाल सरकारले पीडित केन्द्रित न्याय प्रणालीको प्रवर्द्धनमा ध्यान पुर्‍याउनु पर्ने बताउनुभएको थियो । जवाफमा मन्त्री तुम्बाहाङ्फेले नेपाल सरकार सदैव पीडितलाई न्याय प्राप्त होस् भन्नेमा सचेत रहेको बताउँदै नेपाल सरकार संविधान र प्रचलित कानून बमोजिम पीडितहरुको समस्याको समाधानको लागि सदैव तत्पर रहने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.