जलवायु संकटको सामना गर्न क्षेत्रीय एकता अपरिहार्य

नयाँ दिल्ली- जलवायु परिर्वतनका साझा चुनौती सामना गर्न तथा विपद जोखिम न्युनिकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउने उदेश्यले भारतको नयाँ दिल्लीमा ‘जलवायु जोखिम तथा विपद न्युनिकरणमा साझा जिम्मेवारी’ विषयमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

भारतस्थित नेपाली राजदुतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजना सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदुत डा.सुरेन्द्र थापाले विपद जोखिम न्युनिकरणका लागि छिमेकी देशहरुबीच वातावरणीय दिगोपनासम्बन्धी छलफल आवश्यक भएको बताउनुभयो ।

हिमनदीजन्य जोखिमबाट बच्न पुर्व तयारीका साथै नेपाल, भारत र चीन बीचको क्षेत्रीय सहकार्य आवश्य भएको उहाँको भनाइ थियो ।जलवायु परिर्वतनका कारण बाढी, पहिरो, हिमनदी पग्लिने क्रम तथा अन्य प्राकृतिक जोखिम बढदै जाँदा नेपाल र भारत दुवैदेश प्रभावित भइरहेको भन्दै उहाँले यस्ता जोखिमको सामना गर्न प्रभावकारी पुर्वसुचना प्रणाली, विपद तयारी र आपसी समन्वय महत्वपुर्ण भएको बताउनुभयो ।

कार्यक्रममा भारतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका पुर्वमहानिर्देशक डा.राजेन्द्र सिंहले विपदले कुनै सिमा नचिन्ने बताउँदै त्यसमा नेपाल र भारत मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो।

भोटेकोशीमा वेपत्ता भएका परिवारप्रति हार्दिक श्रद्धान्जली व्यक्त गदै उहाँले हाम्रा समुदाय र बस्तीहरुको संरक्षण गर्ने बाटो विपद उत्थानशील विकास भएको बताउनुभयो ।

कार्यक्रममा भारतका केन्द्रीय अनुसन्धान व्युरोका पुर्व निर्देशक डिआर कार्तिकेनले विपदको अनुभव आफुले पनि भोगेको भन्दै त्यसका लागि नेपाल र भारत दुबै जिम्मेबार हुनुपर्ने उल्लेख गर्नुभयो ।

अहिले आएको यो विपदको चेतावनी नेपाल र भारतका लागि सचेत गराउने सन्देश भएको बताउदे उहाँले हाम्रा समुदाय र भविष्यको संरक्षण गर्न हामीले अहिले नै कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पद्धमश्री पुरस्कारबाट सम्मानीत डा.पोपटराव पवारले आफनो गाउँको उदाहरण दिदै २६ अगण्टमा नेपालमा भएको विपदको समस्याबाट भारत सहित सबै एशियाली देशहरुले ज्ञान लिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया विमेनका अध्यक्ष लक्ष्मी भण्डारीले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा जलवायु परिर्वतन, विपद जोखिम न्युनीकरण तथा नेपाल–भारतबीचको क्षेत्रीय सहकार्यबारे छलफल गरिएको थियो ।

छलफलमा वातावरण संरक्षण अभियन्ता तथा पदमश्री पुरस्कारबाट सम्मानित व्यक्तित्व उमाकान्त पाण्डे, कर्पोरेट तथा नियामक कानुन विशेषज्ञ आनन्द बर्मा, ग्लोबल ट्रेड एण्ड टेक्नोलोजी काउन्सिल अफ इन्डियाका प्रतिनिधि गौरब गुप्ता, आन्तरिक एशियाली अध्ययन केन्द्र अन्तराष्ट्रिय अध्ययन संकाय जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा.डा संगिता थपलिया लगायतको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.