मुग्लिन नारायणघाट सडक अबरुद्ध
चितवनः मुग्लिन नारायणघाट सडक खण्डको चार किलो भन्ने ठाँउमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
अविरल वर्ष पछि बिहान खसेको पहिरोका कारण सडकमा सवारी आवागमन पुर्ण रुपमा बन्द भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सो क्षेत्रमा वर्षा भइरहेको छ । यसैबीच सिदार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्डको डुम्रेस्थित गौडेपुल नजिकै पुनः पहिरो खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
चारदिनअघि पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार बेलुका पहिरो पन्छाएर एकतर्फी सञ्चालनको प्रयास गरिएपनि पुनः पहिरो खसेका कारण सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ । हिजो बेलुका परेको वर्षासँगै ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएका कारण सडक अवरुद्ध भएको हो ।






प्रतिक्रिया राख्नुहोस्