चिनियाँ जहाजको उडान बन्द गर्ने निगमको निर्णय

काठमाडौं, श्रावण ०५: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनीया जहाज आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको छ । आन्तरिक उडानका लागि चीनबाट ल्याइएका छ वटा जहाजबाट हालसम्म कुनै मुनाफा आर्जन गर्न नसकेको भन्दै निगमले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । चीन सरकारको सहयोग प्राप्त भएका दुई तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका जहाज गरी छ वटा जहाज निगमसँग रहेका छन् । चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको, जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आँफै उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस ३२० को भन्दा महङ्गो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।।






प्रतिक्रिया राख्नुहोस्