देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, श्रावण ०५: देशका धेरै स्थानहरुमा अहिले बर्षा भैरहेको छ । हिजोदेखिनै देशका अधिकाँश स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको हो । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै  प्रदेश ५,  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा  भारी वर्षाको  सम्भावना  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भारी बर्षासंगै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, तराइमा डुबान समेत समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेकोले देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.