नदीहरुमा जल सतह खतराको रेखा भन्दा माथि

काठमाडौं: दुई दिनदेखिको लगातार वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाले सबै नदीहरुको जल सतह बढेको छ ।

कोशी नदीले आज खतराको तहपार पार गरेको छ भने कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा पनि बाढीले खतराको तह पार गर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । चितवनको नारायणी नदीमा आएको बाढी विभिन्न स्थानमा क्षति पु¥याएको छ । आइतबार देखिको अविरल वर्षाका कारण नारायणी नदीको जल सतह बढ्दा चितवन र नवलपरासीको गैंडाकोटमा घरहरु डुबानमा परेको छ । नदीमा पानीको सतहले खतराको तह पार गरेपछी चितवनको भरतपुर महानगर पालिकाको १५ र २८ नम्बर वडाको करीब १ सय ८ घर डुबान परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

नारायणी नदीको बाढीले नबपरासीको गैडाकोट नगर पालिकाको वडा नम्बर २, ७ र १० का ५७ घर डुवानमा परेको मेयर छत्र पौडेलले बताउनुभयो । चितवनमा र गैंडाकोटका डुवानमा परेकाहरुलाई सामुदायिक भबन र विद्यालयहरुमा राखिएको छ । नारायणी नदीमा पानी बहाव हालसम्म पनि उच्च रहेकोले नदीका आसपास बसोबास गर्नेहरु उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसै गरी अविरल वर्षाले नारायणगढ मुगलिड्सडक देखि चितवनको सिमाना पर्ने मोवा खोला सम्म ७र८ ठाउँमा पहिरो गएकोले राजमार्ग अबरुद्ध रहेको छ ।

राजमार्ग अबरुद्ध हुदा माल बाहक ट्रकहरु चितवनको आपटारी र नारायणगढमा अलपत्र परेको छ । पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.