राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय

सप्तरी- राजविराज नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड-१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउञ्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

समितिको बुधबार बसेको बैठकले राजविराज नगरपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने उहाँले जानकारी दिनुभयो ।

करिब पाँच दिन अगाडि राजविराजकै वडा नं ६ निवासी ७३ वर्षीय एक प्रतिष्ठित व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मृतकको सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले भन्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.