स्याङजामा सुरक्षकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

स्याङ्जा- स्याङ्जामा सुरक्षकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३ जना सुरक्षकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सर्वसाधारण तथा सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

सेवाग्राहीलाई सतर्क रहन समेत आग्रह गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

सेवाग्राहीले निवेदन वा जाहेरी दिनुपरेमा विद्युतीय माध्यमको प्रयोग गर्न समेत आग्रह गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी सोमबार गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको स्वास्थ्यकर्मीलाई समेत कोरोना पोजेटिभ देखिएपछि अस्पतालबाट प्रदान भइरहेको सेवा प्रवाह बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.