निषेधाज्ञाको अवज्ञा गर्दा वीरगन्जमा संक्रमणको जोखिम बढ्यो

पर्सा– कोभिड १९को संक्रमणलाई फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सर्वसाधारणले नमानेपछि वीरगन्ज महानगरपालिकामा संक्रमण फैलिने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञालाई उल्लंघन गर्दै सर्वसाधारण निर्वाध रुपमा घुमफिर गरेकाले संक्रमणको जोखिम बढेको हो ।

वीरगन्जको १ नं. सडकमा हिडडुल गर्नेलाई प्रहरीले रोक टोक गरे पनि भित्री सडकमा साइकल, मोटरसाइकल, चारपांग्रे वाहनदेखि सर्वसाधारण समेत र्निवाध रुपमा आवतजावत गरिरहेका छन् । भित्री सडकमा आवत जावत गर्ने अधिकांश व्यक्तिले मास्क तथा भौतिक दूरीको प्रयोग नगरेकाले स्थिति गम्भीर बन्दै गएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण वीरगन्जको १ नं. सडकमा पर्ने माइस्थान, आदर्शनगर, छपकैया, मुर्ली लगायतका स्थानमा बजार बन्द भएपनि नगरको भित्री भेगमा रहेका पसल सञ्चालन भएका छन् ।

कोरोना संक्रमितको संख्या बढदै गएपछि संक्रमणलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार विहान ५ बजे देखि अनिश्चितकालको लागि निषेधाज्ञा जारि गरेको थिए । बढ्दो संक्रमितको संख्यालाई नियन्त्रण गर्न स्थानीय प्रशासनले महानगरपालकाभित्र रहेका उद्योग, व्यापार सार्वजनिक तथा निजी सवारीका साधन सहित विना काम घरबाट बाहिर निस्किन सर्वसाधारणलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.