भोलिबाट मौसम पुनः सक्रिय हुने

काठमाडौं- देशभर सामान्य बदली रही केही स्थानमा हल्का मध्यम वर्षा भईरहेको छ ।   आज प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित चट्याङ र वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । यसैबीच भोलिबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले भोली साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रीय हुने भएको हो । यसवर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । भोलिदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलीदेखि सक्रिय हुने मनसुन केही दिन रहने छ । भोलीबाट फेरी धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.