सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ- सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पार्टीको विधान र कानूनअनुसार नै गिरीलाई कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको हो ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्‍वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उहाँ सांसदबाट पदमुक्त हुनुभएको थियो ।

तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरेपछि आफूलाई गरेको कारबाहीविरुद्ध नेतृ गिरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.