न्यायाधीश र प्रहरीलाई कोरोना संक्रमण

सप्तरी– सप्तरी जिल्लाको राजविराजस्थित उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश र वडा प्रहरीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएसँगै सप्तरीमा संक्रमितको संख्या ४ सय ३४ जना पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । जिल्लामा हाल २३ महिला र ९६ पुरुषसहित १ सय १९ जनाको आइसोलेसनमा राखेर उपचार भईरहेको छ भने ३ सय ७ जना संक्रमित निको भएर घर फर्केका छन् । समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्लामा घोषणा गरिएको निशेधाज्ञाको तेस्रो दिन आज राजविराजको जनजीवन प्रभावित बनेको छ ।

राजविराज नगरपालिकामा गत साउन १ गते एक ७३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृतक तथा उनका परिवारबाट कोरोना समुदायमा पुगेपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय साउन ९ गतेदेखि निशेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.