रिडी-रुद्रवेणी-वामी टक्सार सडकखण्ड अवरुद्ध

गुल्मी- अविरल वर्षाका कारण तीन दिनदेखि गुल्मीको रिडी-रुद्रवेणी-वामी टक्सार सडकखण्ड अवरुद्ध भएको छ ।

शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर-१ को कालिगण्डकी करीडोर सडक अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिएपनि पानी पर्ने क्रम नरोकिएकाले समस्या परेको छ । सडक अबरुद्ध भएपछि सवारी साधान र यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा माथीबाट ठुला-ठुला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक सुचारु हुन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान जगत खनालले जानकारी दिनुभयो । पानी पर्ने क्रम रोकिए आज साँझसम्म सडक सुचानरु हुनसक्ने खानलले जानकारी दिनु भयो ।

अविरल वर्षाका कारण बर्षाले गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिम र अबरुद्ध बनेका छन् । ग्रामीण भेगका कच्ची सडक वर्षातको पानीले बगाउँदा सडकमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले जोखिम समेत बढाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.