मनसुन फेरि सक्रिय हुँदै, रातिदेखि भारी वर्षा हुने

काठमाडौं– नेपालमा आज रातिबाट मनसुन सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेपनि महाशाखाले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले मनसुन फेरि सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । त्यसैगरी अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने भएकाले पुनः वर्षा हुने भएको हो ।
आज रातिबाट हुने भारी वर्षाको सम्भावना केही दिन रहने पनि महाशाखाको पूर्वानुमान छ । प्रदेश १ र गण्डकी प्रदेशका एक र दुई स्थानमा आज राति नै भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पनि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा हल्का वर्षा हुने महाशाखाको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्