उपत्यका प्रवेश गर्ने नाकामा यात्रुहरुको स्वाब संकलन

काभ्रे– समूदायमा कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न नाकाहरुबाट सवारी साधन प्रयोग गरी उपत्यका प्रवेश गर्ने सर्वसाधारणहरुको स्वाब संकलन सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उपत्यका प्रवेश गर्न नाकाहरु काभ्रेको साँगा, दक्षिणको फर्पिङ र काठमाडौंको नागढुंगाबाट उपत्यका प्रवेश गर्नेहरुको स्वाब संकलन गर्न थालेको स्वास्थ्य मन्त्रालय प्रयोगशाला विज्ञ समितिका सदस्य खेमराज सापकोटाले बताउनुभयो । उहाँका अनुसार विशेष गरी तराई जिल्लाका उच्च जोखिम क्षेत्रबाट उपत्यका प्रवेश गर्नेहरुमा कोरोना संक्रमणको सम्भावना रहेको कारण उहाँहरुकको अवस्था पत्ता लगाउन स्वाब संकलनको काम थालेको हो ।

१० हजार जनाको स्वाब संकलन गरी परीक्षण गर्ने योजनाका साथ आइतबारबाट थालनी गरेकोमा अहिलेसम्ममा दुई हजार भन्दा बढीको स्वाब संकलन भइसकेको उहाँले जानकारी दिनुभयो । पूर्वी तराईका जिल्लाहरुबाट बीपी राजमार्ग हुँदै साँगा नाकाबाट उपत्यकामा दैनिक सयौंको संख्यामा साना सवारीसाधनहरु भित्रिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.