कोरोना संक्रमित १ सय ३९ थपिए, ६ सय २६ जना डिस्चार्ज
२४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भए

काठमाडौं– पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर १ सय ३९ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिनुभयो । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । २४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भएका छन् ।
मुलुकभर ४ हजार ९ सय ५० जनामा कोरोना भाइरस सक्रिय रहेको छ । हालसम्म १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएको छैन ।






प्रतिक्रिया राख्नुहोस्