प्रधानमन्त्रीद्वारा सिङ्गापुरका प्रधानमन्त्रीलाई बधाई ज्ञापन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सिङ्गापुरका प्रधानमन्त्रीमा लि सि एन लुङ पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

यसैगरी परराष्ट्र प्रदीपकुमार ज्ञवालीले सिङ्गापुरको विदेशमन्त्रीमा भिभिएन बालकृष्णनन् पुनः नियुक्त हुनु भएकामा बधाई ज्ञापन गर्नुभएको छ । मन्त्री ज्ञवालीले आजै विदेशमन्त्री बालकृष्णनन्लाई बधाई सन्देश पठाउँदै गत वर्ष माल्दिभ्सको राजधानी मालेमा उहाँसँग भएको भेटवार्ताको स्मरण गर्नुभयो ।

श्री बालकृष्णनन्को कार्यकालमा नेपाल र सिङ्गापुरबीच विद्यमान मैत्री एवं सहयोगात्मक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.