रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी

पहिलो पटक रेडियोकै कर्मचारी बने कार्यकारी निर्देशक

काठमाडौँ- सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो । केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

रेडियो नेपालको इतिहासमा कर्मचारीबाटै कार्यकारी निर्देशक नियुक्त भएको यो नै पहिलो पटक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.