गुल्मीमा शन्तिपुर जाँदै गरेको ट्रक पहिरोले बगायो

गुल्मी- गुल्मीमा पहिरोले ट्रक बगाएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–७ खसिमारेमा लु ६ ख ७७९२ नम्बरको ट्रक पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अड्किएकोबेलामा माथीबाट झरेको पहिरोले बगाएर १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ । पहिरोले ट्रक बगाउदा समानहरु र गाडीमा समेत क्षती भएको छ ।

सोमबार साँझ हिलो बाटोमा अडकीएको ट्रक डोजरले तान्दा टोचन छिनेको र पछि माथि बाट पहिरो आई राति साढे बाह्र बजे पहिरोले बगाएको थियो । पहिरोले ट्रक बगाए पनि मानवीय क्षति भने भएको छैन् ।

पहिरोले ६ घर विस्थापित
पहिरोले गुल्मीमा ६ घर विस्थापित भएका छन् । सोमबार राति जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–८ बास्कोटमा गएराति देखि परिरहेको अविरल वर्षा को कारण पहिरो जाँदा ६ घर परिवार विस्थापित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.