…जब प्रधानमन्त्री वामदेव निवास पुग्नुभयो

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार अबेर साँझ भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफल सम्पन्न भएको छ ।

छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छललफल भएको भैँसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुग्नुभएको थियो । उहाँहरू साँझ ९ बजे गौतम निवासबाट बाहिरिनुभयो ।

प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो । भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गर्नुभएको छ ।

विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले बैठकमा दिनुभयो । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राख्नुभएको छ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिनुभएको बुझिएको छ । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.