साँगामा सास्ती (फोटो फिचर)

काभ्रे– पूर्वी जिल्लाहरुबाट उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगामा यात्रुहरु सास्ती ब्यहोर्न बाध्य भएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती भोग्नु परेको गुनासो छन् ।

हाल काभ्रे जिल्लाका विभिन्न स्थानबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुलाई सर्वाजनिक सवारी साधनले साँगासम्म पुर्याउने गरेका छन् । साँगाबाट भक्तपुरको जगाती सम्म पाँच किलो मिटर हिड्नु पर्ने बाध्यता छ ।

उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधन भक्तपुरको जगातीसम्म मात्र आउने गर्दछन् वृद्धवृद्धा, बालबालिका र अतिआवश्यक कामका लागि हिँडेका मानिसहरुको पैदल यात्रा निकै पिडादायी देखिन्छ । काभ्रेको साँगादेखि भक्तपुरको जगातीसम्म सार्वाजनिक ट्याक्सीको व्यवस्था भए पनि ट्याक्सीले यात्रुसँग महँगो भाडा असुल्ने गरेका छन् । ट्याक्सी चालकहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.