वीरगन्जमा बालबालिकासहित ३४ जनामा कोरोना संक्रमण

पर्सा– पर्सा जिल्लामा बुधबार ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । वीरगन्जको नारायणी अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणबाट ५ जना बालबालिका, १० जना महिला र एक जना नेपाली सेनाका जवानसहित ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकाको वडा नं. ४ विर्ता र वडा नं. १५ भिष्वाबाट सबैभन्दा बढी संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । विर्ताबाट ११ जना र भिष्वाबाट ८ जना संक्रमित फेला परेको बताउँदै उहाँले सिद्धार्थ मावि क्वारेन्टाइनबाट एक जना नेपाली सेनाका जवानमा पनि संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु २ वर्ष देखि ६५ वर्ष उमेर समूदायका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.