सिटौलालाई सांसद पदको शपथ

काठमाडौं– जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

सिंहदरवारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनियताको शपथ गराउनुभयो । संविधान संशोधन प्रस्तावमा पार्टी ह्वीप उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निश्कासन गरेपछि रिक्त स्थानमा सिटौला सांसद हुनुभएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला तत्कालिन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.