लकडाउन खुलेसँगै कोभिड-१९ सङ्क्रमणको दर बढ्यो

काठमाडौं- लकडाउन खुलेसँगै कोभिड-१९ सङ्क्रमणको दर बढेको छ । लकडाउन अघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनको परीक्षण र सङ्क्रमितको सङ्ख्याले नेपालमा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो ।

लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा ३४ हजार ४ सय ५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १ सय ०९ नमूना परीक्षण गर्दा एक हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।

लकडाउन अवधिको अन्तिम आठ दिनमा तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनजीवन सामान्य अवस्थामा फर्किएको नबुझ्न आग्रह गर्दै उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.