कोरोना संक्रमणको त्रासमा वीरगञ्जबासी

स्वास्थ्यकर्मी र बन्दीहरुमा समेत संक्रमण देखियो

पर्सा-विरगंज महानगरपालिका भित्र कोरोना संक्रमण बढेपछि स्थानीयहरुमा सन्त्रास बढेको छ ।

विरगंज कारागार मा रहेका १२ सय ६० जना कैदी बन्दीहरु मध्ये कारागार प्रमुखले आफनो सन्तुष्टिको लागि आफु
समेत गरी २० जना कैदी बन्दीहरु को श्वाब परिक्षण गर्दा १३ जना संक्रमित भेटिएको कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताउनु भयो ।

नारायणी उप–क्षेत्रिय अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुमा कोरोना संक्रमण
देखिएपछि नारायणी उप–क्षेत्रीय अस्पतालको सम्पूर्ण सेवाहरु बन्द गरी सिल गरिएको छ । विरगंज–रक्सौल खुला सिमाना भएको कारणले गर्दा संक्रमितको संख्या महानगरपालिकामा दिन प्रतिदिन बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा विभिन्न व्यक्तिहरुको
पछिल्लो समय स्वाबको परिक्षण गर्दा थप ३४ व्यक्तिमा कोरोना संक्रमण
पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमित २ देखि ६५ वर्ष उमेरका छन् भने नेपाल प्रहरीका प्रहरी जवान,
सैनिक र कैदीबन्दीमा समेत संक्रमण देखिएको छ । विरगञ्जमा सञ्चालित कोभिड अस्थाई अस्पताल
गण्डकमा सिमित बेड भएकोले थपिएका संक्रमितहरुलाई अस्पताल भर्ना गर्न
नसकिएकोले यसअघि थपिएका ४८ जना संक्रमित पनि होम आइसोलेसनमा बस्दै आएका
छन् ।

थप आइसोलेसनको व्यवस्था नहुँदा थपिएका नयाँ संक्रमित घरमै बस्न
बाध्य छन्’

होम आइसोलेसनमा संक्रमितहरु बस्दा संक्रमण फैलन जोखिम हुने
चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

होम आइसोलेसनमा मापदण्ड पूरा नहुँदा परिवारजनमा समेत संक्रमणको जोखिम बढ्ने स्वासथ्यकर्मी रामेश्वर
प्रसादले बताए ।

५० बेड क्षमता भएको गण्डक कोभिड अस्थ्यायी अस्पतालमा हाल
६२ जना संक्रमितहरुको उपचार भइरहेको छ । जसमध्ये पाँच जना आईसीयुमा छन् भने आठ जनालाई त्रिजुद्ध विधालयलको
क्वारेन्टिनमा राखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.