मुस्ताङ सडक सम्पर्कबाट बिच्छेद

उपभोग्य सामानको अभाव

मुस्ताङ- बाढीले बाटो बगाएपछि विगत २६ दिनदेखि  मुस्ताङ सडक सम्पर्कबाट विच्छेद छ । हवाइ मार्गसमेत मौसमका कारण चार दिनदेखि अवरुद्ध छ । सबै विकल्प बन्द भएपछि मुस्ताङबासीलाई समस्या भएको छ ।

हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका मुस्ताङवासीले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.