देशभर २ सय ७४ कोरोना संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । देशभर ५ सय भन्दा बढी कोरोना संक्रमित भएका दुई जिल्लामा रौतहट र कैलाली कायमै छन् । भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा संक्रमणशून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २७ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.