बाँके जिल्लामा आउँदो आइतवारबाट पुनः लकडाउन गरिने

बाँके- बाँके जिल्लामा आउँदो आइतवारबाट पुनः लकडाउन गरिने भएको छ । जिल्लामा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढ्न थालेपछि रोकथामका लागि आइतवारबाट तीन दिन लकडाउन गर्न लागिएको हो ।

जिल्लामा कोरोनाभाइरसको संक्रमणको अवस्थाको विश्लेषण गर्दै आज प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले चरणबद्ध रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले पहिलो चरणमा आइतवारदेखि तीन दिन जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ्गले जानकारी दिनुभयो ।

अवस्था हेरेर लकडाउनको अवधि थपघट हुनसक्ने पनि उहाँले बताउनुभएको छ । समुदायमा संक्रमण फैलिएको आशंकामा सिसिएमसीको बैठकले बाँके जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।

यसैबीच बाँकेका केही सरकारी कार्यालयका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज आन्तरिक राजस्व कार्यालय बाँकेका थप ३ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ भने बाँके जिल्ला अदालत का १ कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कर्मचारीहरु संक्रमित भएपछि आन्तरिक राजस्व कार्यालयलाई नै निजामति आइसोलेसन बनाउने तयारी बाँके जिल्ला प्रशासनले गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.