प्रकाश मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई

काठमाडौं– २६ औँ प्रकाश मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । स्वास्थ्य सेवामा रहनुभएका डा. रुपचन्द्र विश्वकर्मालाई राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्थापक संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ । विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि उहाँले लिनुभएको पहलकदमीका लागि उहाँलाई पुरस्कृत गर्ने निर्णय भएको इन्सेकले जनाएको छ ।

५० हजार रुपियाँ पुरस्कार राशीको पुरस्कारका साथमा सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिन्ह सम्मानित व्यक्तित्वलाई प्रदान गरिन्छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाइ एयर दुर्घटनामा निधन भएको थियो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.