रसुवामा आलुको उत्पादन घट्यो

बजारीकरणमा भने सहजता

रसुवा- रसुवामा उत्पादन भएको अर्गानिक आलुको माग सबैतिर छ । तर ढुवानीको समस्याले बजारीकरणमा भने यहाँका स्थानीयले कहिल्यै भनेजति सहयोग पाएका थिएनन ।

यो बर्ष चाहिँ आलुको बजार पाउनेमा उनीहरु विश्वस्त भएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई रसुवाले जुटको बोरा प्रयोग गरी ब्राण्ड नै बनाएर किसानहरुलाई बजारीकरणमा सहयोग गरेपछि किसानहरु आशाबादी बनेका हुन ।

जिल्लाका २ हजार मिटर भन्दा माथिका भूभागमा अर्गानिक आलु खेती गरिने क्षेत्रलाई लक्षित गरेर यस बर्षबाट परियोजनाले हिमाली जिल्लामा फलेको स्वादिलो प्राङ्गारिक आलु खाऔं भन्ने नारा बनाई जुटको बोरा प्रयोग गरी ब्राण्ड नै बनाएर बजारमा पुर्‍याएको छ ।

जुटको बोरामा आलु राख्दा नकुहिने र उपभोक्त्ताले रसुवाको अर्गानिक आलुको पहिचान गरी लिन सहज हुने भनाइ आलु जोन कार्यक्रमका संयोजक फुर्पु सिंगी तामाङको छ ।
जिल्लाका पाँच वटा गाँउ पालिकाको सत्ताइस वडाहरु मध्ये १६ वटा वडालाई आलु जोन पकेट क्षेत्र निर्धारण गरी आलु जोन संन्चालक समितिले काम गरेपछि कृषकहरु आलु खेतितर्फ आकर्षित भएका हुन ।

उत्पादनमा परियोजना ले आलु उत्पादन कृषकलाई प्रोत्साहन गरी उत्पादन बढाउन विउ उत्पादन,साना सिँचाई, भकारो सुधार, मेसिनरी औजार र खेतवारी जोत्न मिनि ट्रोलर र आलु सङकलनका लागि गोदाम घर सङकलन केन्द्र लगायतमा पचास प्रतिशत अनुदान सहयोग गरेको छ ।

हिमाली क्षेत्रमा अन्य बालीको तुलनामा आलुबालीको उत्पादन बढी हुने भएकाले परियोजनले जिल्लामा हिउँदे र बर्षे गरी दुई सिजनमा आलु उत्पाादन गर्न किसानलाई प्रोत्साहित गरेको छ ।

गत वर्ष ३५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो तर यो बर्ष भने उत्पादन घटेको छ । असिना ,डढुवा रोग र लामो झरीका कारण आलुको बोट मरेपछि उत्पादन घटेको हो । रसुवामा अहिले २ हजार ५ सय हेक्टर जमिनमा आलु खेति हुँदै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.