नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको काम पुन: शुरु

लकडाउनले गर्दा निर्माण अबधी लम्बिने

धादिङ- लक डाउनका कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ ।
सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ ।

अहिले धादिङतर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।

ड्रेन निर्माण गरी पानी ब्यवस्थित गर्ने काम अब अर्को महिनासम्ममा सम्पन्न हुने निर्माण कम्पनी हजमाले जानकारी दिएको छ ।
राजधानी प्रवेशका लागि नौविसे–नागढुङ्गा सडक खण्डको सवारी जामको अन्त्य गर्न यो सुरुङ्ग मार्ग निर्माण कार्य अघि बढाइएको हो ।

सुरुङ्ग मार्ग ४२ महिनामा सम्पन्न गर्ने भनिएको भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण केहि ढिलाई हुने निर्माण कम्पनीले जनाएको छ ।

गौरवको आयोजनाहरु मध्य एक मानिएको नागढुङ्ग-सिस्ने खोला सुरुङ्ग मार्ग २.६८ किलोमिटर लम्वाइको हुनेछ ।

जापनीज कम्पनी हजमा एण्ड कर्पोरेसनले २२ अर्बको लागतमा यो सुरुङ्ग निर्माणको जिम्मा पाएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.