कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा पर्सामा ४ जनाको मृत्यु

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ३८ जना संक्रमित

काठमाडौं- कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा पर्साका ४ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोनाका कारण देशभर ५६ जनाको मृत्यु भएको छ ।

यसैगरी देशभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।   विगत २४ घण्टामा  १० हजार ७ सय ६८ जनाको पिसिआर गर्दा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३८ जना संक्रमित काठमाडौ उपत्यकाका रहेका छन् ।

यस्तै गत २४ घण्टामा मात्र १५१ जना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनु भएको छ  । योसँगै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ जना पुगेको छ । हाल १२ हजार १११ क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.