हत्यामा संलग्न भएको अभियोगमा दुई युवा पक्राउ

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले हत्यामा संलग्न भएको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत आरुबोट कैदीटोल घर भएका ५४ वर्षीय कामी सिं तामाङको हत्यामा संलग्न भएको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । हत्या पछि कामी सिंलाई पाँचखाल नगरपालिका वडा नम्वर १० बेला स्थित विपी राजमार्गको सडकखण्डबाट पाँचखाल जाने भित्री कच्ची सडकमा लगेर फालिएको अवस्थामा फेला पारिएको थियो ।

हत्या गरी फरार भएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । हत्याका बारेमा जानकारी दिन जिल्ला प्रहरी कार्यलय काभे्रले आयोजित गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले मादक पदार्थ सेवन गरी निस्किदै गरेका धुलिखेल नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २३ का रुपेन्द्रमान लामा र वर्ष २१ का सञ्जीव मैनालीले कामीसिंलाई २०७७ साउन १४ गते राति समयमा उक्त स्थानमा पु¥याई हत्या गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको प्रहरी प्रमुख एसपी रविककुमार पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले साउन १५ गते बिहीबार राति नै मैनालीलाई ललिततपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४ ढुङ्गेसाँघुबाट र लामालाई आफ्नै घरमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.