दुई सबइन्जिनीयरविरुद्ध मुद्दा दायर

दैलेख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका-३ सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि हुन आएकाले अख्तियारले सबइन्जिनीयरद्वय वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग ३० हजार रुपैयाँ घुस नदिए भुक्तानी रोकिदिने भनी चेक लुकाई भुक्तानी रोकेको पुष्टि भएपछि सब-इन्जिनीयरद्वय चन्द र श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दर्ता गरिएको हो ।

घुस रकम माग गरी भुक्तानी रोकेको सूचनाका आधारमा अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले सब–इन्जिनीयरद्वयलाई नियन्त्रणमा लिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.