तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ

काठमाडौं– दाङको तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्याय चढेको सरकारी गाडी बा. २ झ. ४०९९ नम्बरलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको नगद १४ लाख ४८ हजार ३ सय ९६ रुपैयाँ फेला परेको हो ।

अख्तियार प्रवक्ता तारानाथ अधिकारीले उनीमाथि छानबिन भइरहेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.