कोभिड १९ संक्रमणको जोखिम बढ्दो, बाँकेमा गएरातिबाट निषेधाज्ञा

बारामा पनि अहिले बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी

काठमाडौं- कोभिड १९ भाइरसको संक्रमण बढ्दो छ । पछिल्ला दिनमा संक्रमित र मृतकको संख्या बढेसंगै विभिन्न शहरमा निषेधाज्ञा र लकडाउन गरिएको छ ।

यसक्रममा बाँकेमा पनि निषेधाज्ञा कर्फ्यू लगाइएको छ । कोरोना संक्रमणको जोखिम बढेकाले गएराती १२ वजेदेखि बाँकेमा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा पर्सी मंगलबार राती १२ वजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेको नेपालगंजमा यसअघि पनि निषेधाज्ञा लागु गरिएको थियो ।

निषेधाज्ञाका समयमा अत्यवश्यक बाहेकका सवारी संचालन लगायतका गतिविधमा रोक लगाइएको छ । तर भोली रक्षाबन्धनका दिन नीजि सवारी संचालन र रक्षाबन्धनकसँग सम्बन्धित पसल व्यवशाय संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय बाँकेको निषेधाज्ञा सूचनामा उल्ले छ । कोरोना संक्रमण बढेसगै विराटनगरमा लकडाउन गरिएको छ भने राजविराज र बीरगंजमा अनिश्चितकालिन निषेधाज्ञा जारी छ ।

बारामा पनि अहिले निषेधाज्ञा जारी

यसैगरी जिल्ला प्रशासन कार्यालय बाराले पनि बढी भिडभाड हुने स्थान तोकेर अहिले बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जिल्लाभर लागू गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.