रोकिएन सीमानाबाट भित्रिने क्रम

कैलाली- भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै तराइका विभिन्न जिल्लामा जोखिम अरु बढेको छ । तर सीमानाकाबाट विभिन्न तरिकाले सर्वसाधारण उल्लेख्य संख्यामा नेपाल प्रवेश गरिरहेका छन् ।

कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ । आजभोलि दिनमा एक सयदेखि दुई-तीन सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।

कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

त्रिनगर नाकाबाट हालसम्म एक लाख बढी नेपाली स्वदेश भित्रिएक छन् । तर अहिले नेपाल भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको जोशीले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.