सभामुख सापकोटासहित सचिवालय सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटासहित उहाँको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ आएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.