संक्रमितको संख्या बढ्दै गएपछि बारामा पनि निषेधाज्ञा

बारा- जिल्ला प्रशासन कार्यालय बाराले आज बिहान ५ बजेदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध समेत लगाएको छ ।

पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी पर्साको विरगंज, बाँके , सप्तरीको राजविराजमा निषेधाज्ञा कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ । मोरङमा भने संक्रमितलाई मध्यनजर गर्दै लकडाउन जारी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.