ट्राफिकका एसएसपी ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

साथै ट्राफिक प्रहरी कार्यालय रामशाह पथ पनि सिल गरिएको छ । संक्रमित दुई जनालाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ ।

हाल महाशाखामा कार्यरत प्रहरीहरुको कोरोना परिक्षणका लागि चिकित्सक सहितको टोली ट्राफिक प्रहरी कार्यालय पुगिसकेको जानकारी ट्राफिक प्रहरी कार्यालयले दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.