पत्रकार रोकायाको निधन

काठमाडौं– नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति जयबहादुर रोकायाको निधन भएको छ ।

६२ वर्षीय रोकायाको शनिबार साँझ ५ बजे हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा निधन भएको हो । वि.सं. २०५० सालदेखि पत्रकारितामा सक्रिय रोकायले लामो सयम कान्तिपुर दैनिकमा कार्य गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघले हुम्ला जिल्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पुर्‍याउनु भएका रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको बताएको छ ।

महासंघले स्वर्गीय रोकायाप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

स्वर्गीय रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.