राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ सुरु

काठमाडौँ- नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट सो रथयात्राको शुभारम्भ गर्नुभएको हो । उहाँकै सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा सो रथयात्रा सुरु भएको हो ।

बागलुङस्थित पञ्चकोट हुँदै अघि बढेको उक्त रथयात्रा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा आगामी मङ्सिर १ गतेसम्म राष्ट्रव्यापी रूपमा परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले भन्नुभयो, “यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु तथा नेपालको गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो ।”

साथै, देशका ऐतिहासिक तीर्थस्थलहरूबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गरी आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि यस अभियानको अर्काे मूल उद्देश्य रहेको उहाँको भनाइ थियो ।

राष्ट्रव्यापी यात्राको विश्राम मङ्सिर १ गते नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा हुने कार्यक्रम छ । मङ्सिर १ देखि नै सोही स्थानमा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुँदैछ । सो महायज्ञ मङ्सिर महिनाभर हुनेछ ।

रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरण गर्ने कार्यक्रमसमेत रहेको छ । यस अवसरमा रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मा

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.