२४ घण्टामा थपिए २ सय ४६ कोरोना संक्रमित, एकजनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

नियमित प्रेस ब्रिफिङमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित १ सय ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् ।
कूल सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ जना रहेको छ ।

५ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा रौतहट र कैलाली यथावत् रहेका छन् भने भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनाशून्य रहेको छ ।

एकजनाको मृत्यु
यसैबीच पर्साको वीरगन्ज– १६ निवासी ६८ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ज्वरो खोकी स्वासप्रस्वास भएपछि नारायणी बयोधा अस्पतालमा भर्ना भएकी ती महिलाको शनिबार मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.