रसुवाको गोसाइँकुण्ड मेला यस वर्ष सञ्चालन नहुने

रसुवा- हरेक वर्ष साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन लाग्ने रसुवाको गोसाइँकुण्ड मेला कोरोना महामारीका कारण यो वर्ष सञ्चालन नभएपनि झाँक्रीहरु तथा केही भक्तजनहरु गोसाइँकुण्डमा स्नान गर्न पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

मेलामा प्रत्येक बर्ष पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानका लागि आउने गोरखनाथ बाबा सहितको टोली पनि गोसाइँकुण्ड पुगेको छ ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले त्रिशुलले भित्तामा हिर्काउँदा त्रिशुलधाराको रुपमा गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती छ ।

त्यसैले गोसाइँकुण्डमा स्नान गरे पापबाट मुक्ति मिल्ने र सबै मनोकांक्षा पूरा हुने जनविश्वास छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.