जनैपूर्णिमामा गोसाइँस्थान मेलाको रौनक (फोटो फिचर)

काभ्रे– काभ्रे जिल्ला बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा आज भक्तजनहरुको ठूलै घुइँचो लाग्ने गर्दछ । जनैपूर्णिमाको दिन यहाँ रहेको गोसाइँकुण्डमा हरेक वर्ष विशेष मेला लाग्ने गर्दछ ।

मेला भर्न काभ्रेको विभिन्न स्थानका साथै काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन आइपुगेका छन् ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरु बनेपाको गोसाइस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् । मेलामा ब्राम्हणको हातबाट जनै लगाउने, रक्षाबन्धन गर्नेहरुको पनि उत्तिकै भीड लाग्छ । केही वर्षयता सो स्थानलाई नैमिशारण्य क्षेत्रका रुपमा विकास गरिएकाले टाढा टाढाबाट समेत भक्तजनहरु आउन थालेका छन् ।

उता गोसाइँस्थान संरक्षण समितिले कोभिड १९ का कारण यो वर्ष जनैपूर्णिमा मेला नगर्ने औपचारिक निर्णय गरे पनि भक्तजनहरुको भने ठूलै घुइँचो लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.