विर्तामोडमा अनिश्चितकालीन लकडाउन

झापा– झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्रभित्र अनिश्चितकालिन लकडाउन गरेको छ । बाह्रदशी गाउँपालिकाका संक्रमित दुई व्यक्ति कामको सिलसिलामा विर्तामोडमा आई विभिन्न व्यक्तिहरुसँग भेट गरेको हुनाले लकडाउन गरिएको विर्तामोड नगरपालिकाले जनाएको छ ।

संक्रमित दुई जनाको प्रत्यक्ष सम्पर्कमा बिर्तामोडका करीब ९० जना पुगेको कन्ट्याक्ट ट्रेसिङमा फेला परेको नगर स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिनुभयो । त्यस्तै केही दिनअघि इलामका एक जना सशस्त्र प्रहरी निरीक्षकमा पनि संक्रमण पुष्टि भएको थियो । प्रहरी निरिक्षक विर्तामोडमा बस्दै आएका थिए । हालसम्म बिर्तामोड नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७ जना उपचार पछि घर फर्किसकेको खड्काले बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाले पनि कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्रमा आइतबार बिहान ५ बजेबाट लकडाउन गरेको छ ।

केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.