फुर्सदको सदुपयोग गर्दा उद्यमी बनिन् सरस्वती अधिकारी ! (भिडियो सहित )

काठमाडौं- लामो समयसम्मको लकडाउनले धेरैको आयआर्जनमा नराम्रो असर पार्‍यो । सरकारीबाहेकका अधिकांश निजी क्षेत्रमा काम गर्नेहरुले यो अबधीको पारिश्रमिक पाएका छैनन । र पाएकाहरुले पनि पूरै पाएका छैनन ।

कतिपयले त रोजगारी गुमाएका छन । यो नेपालमा मात्र होइन विश्वव्यापी समस्या हो । हुनेको त गुम्यो भने हुँदै नभएकाहरुको हालत के होला ? यो आम प्रश्न सबैको अगाडि तेर्सिएको छ । तर समस्याले कुनै न कुनै उपायको खोजी गर्छ भन्ने उदाहरणहरु पनि हाम्रो समाजमा छन ।

यो अवधीलाई कामकाजी महिलाहरुले आम्दानी गर्ने समयको रुपमा सदुपयोग गरे भन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मान्न पर्दैन । काठमाडौ लगायतका शहरी क्षेत्रका गृहणीहरुले घरमै सानो लगानीमै राम्रो आम्दानी गरिरहेका छन । यसको ज्वलन्त उदाहरण हुन- मनमैजूकी सरस्वती लोहनी अधिकारी ।

उनले आफ्नै घरको दुई वटा कोठामा संचालन गरेको अचार व्यवसाय अहिले राम्ररी फस्टाएको छ । उनी मात्र होइन वरपरका केही महिलाले सामान्य भनेपनि रोजगारी पाएका छन । उनको ४ जनाको परिवारलाई घर खर्च चलेको छ । उनी भन्छिन- यो लक डाउनको अबधीमा महिनाको ४०/५० हजार आम्दानी गरेँ । लगानी उति धेरै पनि परेको छैन । गुणस्तरीय उत्पादन गर्न सके बजार समेत राम्रो छ ।
बजारमा अहिले धेरै प्रकारका अचार पाइन्छ । अचारको प्रयोग हाम्रो भान्छामा कुनै न कुनै रुपमा हुने हुँदा यसको बजार पनि राम्रो रहेको महिला उद्यमीहरुको भनाइ छ । ठूला सुपर मार्केटमा गएर किन्न डराइरहेका महिलाहरुले सम्पर्कमा रहेर घरमै अचार किन्न आउने गरेको र उनी आँफै पनि सुरक्षाको उपाए अपनाएर अचार पुर्यााउन जाने गरेको सरस्वती बताउँछिन ।

घरेलु उत्पादन जस्तै काउली, गाजर, कागती, आँप, गोलभेँडा, अदूवा, लसुन, मेथी, टिमुर जस्ता कतिपय औषधीजन्य गुण भएका तरकारी र मसलाको मिश्रणलाई उमालेर (ब्वइलिङ सिस्टमबाट) यो अचार बनाउँदा स्वास्थ्यलाई पनि असर नपर्ने उनको दावी छ ।

घरेलु उत्पादन जस्तै काउली, गाजर, कागती, आँप, गोलभेँडा, अदूवा, लसुन, मेथी, टिमुर जस्ता कतिपय औषधीजन्य गुण भएका तरकारी र मसलाको मिश्रणलाई उमालेर (ब्वइलिङ सिस्टमबाट) यो अचार बनाउँदा स्वास्थ्यलाई पनि असर नपर्ने उनको दावी छ ।

नेपालमा मात्र होइन अमेरिका लगायतका देशमा बस्ने नेपालीहरुले पनि यसको स्वाद मनपराएकोले त्यतातिर निर्यात गर्ने उनको सोचाइ छ । उनी भन्छिन- “परिस्थिति सहज भएपछि विदेश अचार पठाएर उदाहरणीय काम गरेर देखाउने विचार छ ।”

घरेलु तथा साना उद्योग विभागमा  उनले  My Pickle House नामको कम्पनीबाट अचारको उत्पादन तथा विक्रि वितरण गर्दै आएकी छिन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.